Logo

सी डिभिजन लिग चैत १ गतेबाट सुरु हुने

ई-खेलकुद २०७७ पुस ९ , बिहीबार ०४:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक सी डिभिजन लिग चैत १ गतेबाट हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज सी डिभिजन लिगको मिती घोषणा गर्दै तयारी थाल्न क्लबहरुलाई अनुरोध गरेको हो । क्लबका पदाधिकारीहरुसंग बैठक पछि एन्फाले लिगको मिती सार्बजनिक गरेको हो । छलफलका क्रममा भएको सहमती अनुरुप एन्फाले सी डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउन समेत सहमती जनाएको छ ।
सी डिभिजनका क्लबले तयारी खर्च वापत ९ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसअघि एन्फाले सहिद स्मारक सी डिभिजन लिग फागुन ११ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?