Logo

साफ यू-२० : नेपाल र भारत भिड्दै

ई-खेलकुद २०७९ साउन १५ , आईतबार ०७:०७ मा प्रकाशित

साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्दैछ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । तर, बलियो भारतविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन ।प्रतियोगिताको समूह चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले मङ्गलवार बङ्लादेशसँग खेल्नेछ । फाइनल खेल शुक्रवार हुनेछ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?