Logo

भुटानबिरुद्ध शानदार जित निकाल्दै नेपाल फाइनलमा, उपाधीका लागि भारतसंग खेल्ने

ई-खेलकुद २०७६ भदौ १२ , बिहीबार ०२:०८ मा प्रकाशित

काठमाण्डौ । भुटानलाई ६-० को फराकिलो अन्तरले हराउदै नेपाल, साफ अण्डर १५ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रबेश गरेको छ । भारतको कलकत्तास्थित कल्याणी रंगशालामा आज भएको चौथो खेलमा भुटानबिरुद्ध सहज जित निकाल्दै नेपालले भारतसंगको उपाधि भेट पक्का गरेको हो ।
नेपाललाई जित दिलाउन कप्तान प्रदिप लम्सालले दुई गोल गरे । यस्तै अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले एक गोल गरे । खेलको पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा ४ गोल थपेको थियो । ४ खेलबाट ९ अंक जोडेको नेपाल दोस्रो स्थानमा रहदै उपाधि नजिक पुगेको हो ।
समुहचरणको अन्तिम खेलमा आजै भारत र बंगलादेशबिच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?