Logo

राखेप–क्यानद्धन्दले ठुलो समस्या निम्तन सक्छ : चन्द

ई-खेलकुद २०७६ भदौ २७ , शुक्रबार १०:०९ मा प्रकाशित

काठमाण्डौ । निर्वाचीत क्यानका पुर्ब अध्यक्ष चतुर बहादुर चन्दले यथास्थितीमा क्यानको निर्वाचन रोकिए यसले ठुलो समस्या निम्त्याउने चेतावनी दिनुभएको छ । असोज पहिलो साताका लागि तोकिएको नेपाल क्रिकेट संघ क्यानको निर्वाचनलाई लिएर बिभिन्न शंका उपशंका आईरहेका बेला पुर्ब अध्यक्ष चन्दले आन्तरिक बिवादको असर नेपाली क्रिकेट थप संकटमा फस्ने उल्लेख गर्नुभयो ।

स्वतन्त्र कमिटि क्यानको बिधानभन्दा तलमाथी नगएको तथा निर्वाचन कमिटिमा राखेपको पनि सदस्य रहेकाले यो विवाद अनावश्यक रुपमा बाहिर आएको भएको चन्दको भनाई छ । सामान्य समस्यालाई राष्ट्रिय खेलकुद परिषदले समेत गलत ढंङगले उठाएको उहाँले आरोप लगाउनुभयो ।
यद्यपी तत्काल आपसी छलफलमा विवाद समाधान गरी निर्धारित मितिमै निर्वाचन गर्न सबै पक्ष गम्भीर हुनुपर्ने उहाँको सुझाव छ ।

उहाँले भन्नुभयो– विवाद कायमै रहे, आईसीसीले नेपालका बारे थप छलफल गर्दैन, साधारण सदस्यता समेत खारेज गरिदिने अवस्था आउन सकछ । त्यसतर्फ सचेत बनौ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?