Logo

आईसीसी टी-ट्वान्टी विश्वकप आजबाट सुरु हुँदै

ई-खेलकुद २०७९ असोज ३० , आईतबार ०८:१० मा प्रकाशित

काठमाडौं । आठौं संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट अष्ट्रेलियामा सुरु हुँदैछ ।

उद्घाटन खेलमा नामिबिया र श्रीलंका खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९:४५ मा सुरु हुनेछ ।

पहिलो राउण्ड अन्तर्गत समूह ‘ए’ का दुई खेलहरु भिक्टोरियामा हुँदैछन् ।

आज हुने दोस्रो खेलमा समूह ‘ए’ का यूएई र नेदरल्यान्ड्स खेल्दै छन् ।  जीएमएचबीए मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?