Logo

एएफसी कप : प्लेअफ बैङलुरुसंग आर्मीको लज्जास्पद हार

ई-खेलकुद २०७८ वैशाख १ , बुधबार ०९:०४ मा प्रकाशित

काठमाण्डौ । एएफसी कप प्लेअफ २०२१ अन्तर्गत दोस्रो चरणको खेलमा विभागीय त्रिभुवन आर्मीले लज्जास्पद हार भोगेको छ । भारतको गोवामा आज भएको खेलमा बैङलुरु फुटबल क्लबसंग आर्मी ५–० ले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले दोस्रो हाफको सुरुवाती २० मिनेटभित्र ५ गोल खाएको थियो । एकपक्षिय खेलमा बैङलुरुले अधिकांश समय आर्मीमाथी दबाव बनाएको थियो ।
बैङलुरुलाई शानदार जित दिलाउन राहुल भेके र सेलिटन सिल्भाले समान २ तथा कप्तान सुनिल क्षेत्रीले एक गोल गरे । यो हारसँगै एएफसी कप प्लेअफको फाईनल खेल्ने आर्मीको सपनापनि टुंगीएको छ । प्लेअफको पहिलो चरणको खेलमा आर्मीले श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५–१ ले हराएर दोस्रो चरणमा स्थान बनाएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?