Logo

स्वारेज र एट्लेटिकोबिच औपचारिक सम्झौता

ई-खेलकुद २०७७ असोज १० , शनिबार ०६:०९ मा प्रकाशित

एजेन्सी । एट्लेटिको मड्रिडले उरुग्वेका स्टाईकर लुईस स्वारेजसंग २ बर्षको सम्झौता गरेको छ । ला लिगाकै अर्को क्लब बार्सिलोनाबाट एट्लेटिको गएका स्वारेज र क्लबबिच औपचारिक सम्झौतमा हस्ताक्षर भएको हो । स्वास्थ्य परिक्षणसहित आवश्यक सम्पुर्ण प्रक्रियापछि स्वारेज र क्लबबिच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो । उनी हिजोबाटै टोलीको प्रशिक्षणमा सहभागी भएका छन् । एट्लेटिको मड्रिडले बार्साका तेस्रो सर्बाधिक गोलकर्ता स्वारेजलाई ६ मिलियन युरो खर्चनेछ । बार्सामा उनको तलब ७४ मिलियन युरो थियो । सन् २०१४ मा ईङलिश क्लब लिभरपुलबाट बार्सिलोना पुगेका स्वारेजले २ सय ८३ खेलमा १ सय ९८ गोल गरेका थिए ।
बार्साका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेजलाई आफ्नो योजनामा नरहेको बताएसंगै उनले क्लब छाडेका हुन् । सिरि ए क्लब युभेन्टस जाने तयारीमा रहेका स्वारेज पासपोर्ट र नागरिकताको समस्याका कारण रोकिएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?