Logo

सहज जितसँगै स्पेन शीर्ष स्थानमा, स्विटजरल्याण्डसँग पोर्चुगलको हार

ई-खेलकुद २०७९ जेठ ३० , सोमबार ०८:०६ मा प्रकाशित

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले सहज जित निकाल्दा पोर्चुगल भने पराजित भएको छ । गएराति भएको खेलमा स्पेनले चेक रिपब्लिकलाई २–० गोल अन्तरले हराएको हो । स्पेनलाई सहज जित दिलाउन कार्लोस सोलेर र पाब्लो सराबियाले गोल गरे ।

२४ औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ७५ औं मिनेटमा सराबियाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यसपछिको समयमा दुबै टोलीबाट थप गोल हुन नसक्दा सोहि नतिजा निर्णायक बन्यो । जितसँगै स्पेन समूहको शीर्ष स्थानमा उक्लिएको छ । स्पेनले ४ खेलमा ८ अंक जोडेको छ । समान खेलबाट चेक रिपब्लिकको ४ अंक छ । उ तालिकाको तेस्रो स्थानमा छ ।

गएराती नै पोर्चुगल स्विटजरल्याण्डसम्ग १–० गोल अन्तरले पराजित भएको छ । स्विजरल्याण्डलाई संर्घषपूूर्ण जित दिलाउन हरिस सेफेरोभिकले गोल गरे । उनले खेलको पहिलो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पोर्चुगीस टोली मुख्य स्टार क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?