Logo

संकटा र सातदोबाटोले बराबरी खेल्दै अंक बाँडे

ई-खेलकुद २०७८ पुस २३ , शुक्रबार ०४:०१ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आठौं चरणको पहिलो खेल बराबरीमा सकिएको छ । आज भएको खेलमा संकटा र सातदोबाटो युथ क्लबले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटोले अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन् । २३ औ मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । तर उसको अग्रता लामो समय टिक्न सकेन् । ३२ औं मिनेटमा जया गुरुङले गोल गर्दै संकटालाई बराबरीमा पुर्याएका थिए ।

प्रतिस्पर्धातत्मक खेलको दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसक्दा सोही नतिजा निर्णायक बन्यो । बराबरीसँगै ८ खेलबाट संकटा १४ अंकसहित तेस्रो स्थानमा कायम छ । समान खेलबाट ९ अंक जोडेको सातदोबाटो तालिकाको आठौ स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?