Logo

विश्वकप फुटबलको युरोपेली छनोटमा पोर्चुगल, वेल्स र क्रोएसिया विजयी

ई-खेलकुद २०७७ चैत्र १८ , बुधबार ०६:०३ मा प्रकाशित

एजेन्सी । कतारमा अर्को बर्ष हुने फिफा विश्वकप फुटबलको युरोपेली छनोटका खेलमा पोर्चुगल, वेल्स, क्रोएसीया र बेल्जियम विजयी भएका छन् । रसीया भने स्लोभाकियासंग पराजित भएको छ । समुह ए अन्तर्गतको खेलमा पोर्चुगलले लब्जेम्बर्गलाई ३–१ ले हरायो । १–० ले पछि परेको अवस्था उल्टाउदै पोर्चुगलले पुनरागमन जित निकालेको हो । उसलाई जिताउन डिएगो जोटा, क्रिष्टियानो रोनाल्डो र अल्भेस फाल्हीन्हाले गोल गरे । यो जितसंगै पोर्चुगल ३ खेलबाट ७ अंक सहित समुहको शीर्ष स्थानमा उक्लिएको छ । सर्बियासंग समान अंक भएपनि गोलअन्तरमा अघि रहदै पोर्चुगल शीर्ष स्थानमा पुगेको हो । गएराती नै सर्बियाले अजरबैजानमाथी २–१ को जित दर्ता गर्यो ।
समुह ईको खेलमा वेल्सले चेक रिपब्लिकलाई हरायो । युरोपेली छनोटमा पहिलो जित निकाल्ने क्रममा वेल्सले चेक रिपब्लिकलाई १–० ले स्तब्ध पारेको हो । दुबै टोली १० खेलाडीमा समेटिएको खेलमा वेल्सलाई जिताउन खेलको ८१ औ मिनेटमा डानिएल जेम्सले गरेको एक मात्र गोल निर्णायक बन्यो । सुरुवाती २ खेलमा एक जित र एक बराबरीको नतिजा निकालेको चेक रिपब्लिकको भने जारी छनोटमा पहिलो हार हो । यहि समुहको खेलमा बेल्जियमले बेलारुसमाथी ८–० को फराकिलो जित निकाल्यो ।
माल्टालाई ३–० ले हराएको क्रोएसीया ६ टोली रहेको समुह एचको शीर्ष स्थानमा पुगेको छ । ईभान पेरिसिक, लुका मोड्रिक र जोसिप ब्रेकालोले गोल गर्दै टोलीलाई अंक दिलाए । ३ खेलबाट ६ अंक जोडेको क्रोएसिया समान अंक भएको रसीयालाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो । रसीया भने स्लोभाकियासंग २–१ ले पराजित भयो । जारी छनोटमा रसीयाको यो पहिलो हार हो ।
गएरातीका अन्य खेलहरुमा नेदरल्याण्ड्सले जिब्राल्टरलाई ७–० ले, नर्बेले मोन्टेनेग्रोलाई तथा साईप्रसले स्लोभानियालाई समान १–० ले स्तब्ध पारे । टर्कि र लात्भियाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?