Logo

विश्वकप छनोटमा आज १२ खेल हुदै

ई-खेलकुद २०७७ चैत्र ११ , बुधबार ०३:०३ मा प्रकाशित

एजेन्सी । कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलको युरोपेली छनोट अन्तर्गत आज बिभिन्न १२ खेल हुदैछन् । दिनको पहिलो समय राती पौने ११ बजे नेदरल्याण्ड्स र टर्की प्रतिस्पर्धा गर्नेछन् ।

समुह जीमा रहेका दुबै टोली छनोटमा पहिलो जित निकाल्ने योजनामा रहने छन् । बा“कि सबै खेल नेपाली समयानुसार राती साढे १ बजे सुरु हुनेछ ।

आज पोर्चुगलले अजरबैजान, सर्बियाले आयरल्याण्ड, फिनल्याण्ड र बोस्निया हर्ज गोभिना, फ्रान्स र युक्रेन, बेल्जियम र वेल्स, स्टोनिया र चेक रिपब्लिक प्रतिस्पर्धामा उत्रनेछन् ।

त्यस्तै जिब्राल्टर र नर्बे, लात्भिया र मोन्टेनेग्रो, साईप्रस र स्लोभाकिया, माल्टा र रसिया तथा क्रोएसीया र स्लोभानिया प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?