Logo

विश्वकप छनोटको पहिलो खेलमा कोलम्बियाले भेनेजुएलालाई हरायो

ई-खेलकुद २०७७ असोज २४ , शनिबार ०८:१० मा प्रकाशित

एजेन्सी । कोलम्बियाले विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत गएराती भएको खेलमा कोलम्बियाले भेनेजुएलालाई ३–० ले स्तब्ध पारेको हो । लुईस मुरिलले २ तथा डुभान जापटाले एक गोल गर्दै कोलम्बियालाई सहज जित दिलाएका थिए । उसले सबै गोल खेलको पहिलो हाफमै गरेको थियो । १६ औ मिनेटमा जापाटाको गोलमा अग्रता बनाएको कोलम्बियाका लागि लुईसले २६ औ र पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका थिए ।
घरेलु मैदानमा कोलम्बियाले अधिकांश समय भेनेजुएलालाई दबाबमा राख्दै एकतर्फि दबाव दिएको थियो । उसका थप आधा दर्जन प्रयास असफल बनेका थिए । यसअघि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र उरुग्वेले पनि विजयी सुरुवात गरेका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?