Logo

विराट गोल्डकपको उपाधि नेपाल एपीएफलाई

ई-खेलकुद २०७८ वैशाख ४ , शनिबार ०९:०४ मा प्रकाशित

विराटनगर । विराट गोल्डकपको छैटौ संस्करणको उपाधि नेपाल एपीएफले जितेको छ । आज भएको फाईनलमा पाहुना टोली पञ्जाव पुलिस फुटबल क्लबलाई १–० ले हराउदै एपीएफले उपाधि रक्षा गरेको हो । उसलाई उपाधि दिलाउन खेलको १० औ मिनेटमा प्रदिप लामाले गरेको एक मात्र गोल निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा एपीएफले पाएका केहि राम्रा अवसर खेर फालेको थियो । पञ्जावले पनि केहि अवसर सृजना गर्यो तर अग्रपक्तिले त्यसको सदुपयोग गर्न नसक्दा उपविजेतामै सिमित बन्यो ।
सेमिफाईनलमा पञ्जावले संकटा क्लबलाई तथा एपीएफले आयोजक विराटनगर ११ लाई हराउदै उपाधि यात्रा तय गरेका थिए ।
उपाधिसंगै एपीएफले १५ लाख १५ हजार रुपैया प्राप्त गर्यो । पञ्जावले ७ लाख ५१ हजार रुपैयामा चिक्त बुझायो । प्रतियोगीताको छैटौ संस्करणमा ४ विदेशी सहित १० टोलीको सहभागीता रहेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?