Logo

लुकाकु चेल्सी फर्किए

ई-खेलकुद २०७८ साउन २९ , शुक्रबार ०७:०८ मा प्रकाशित

एजेन्सी । बेल्जियमका स्टाईकर रोमेलु लुकाकु पुरानो क्लब चेल्सी फर्किएका छन् । ७ बर्षअघि स्टाम्पफोर्ड ब्रिज छाडेका लुकालु दोस्रो पटक चेल्सीमा आबद्ध भएका हुन् । उनले सन् २०१४ मा चेल्सी छाडेका थिए ।
ईटालियन क्लब ईन्टर मिलानमा रहेका लुकाकुलाई चेल्सीले ९७ दशमलव ५ मिलियन पाउण्डमा टोलीमा भित्र्याएको हो । २८ बर्षिय स्टाईकरले २०२६ जुलाई ३० सम्मको सम्झौता गरेका छन् ।
चेल्सीमा अनुबन्धित भएपछि लुकाकुले अनुभवी र परिपक्क भएर क्लब फर्किएको बताए । अद्भुत क्लबमा फर्कन पाएको म धेरै खुसी छु । मेरो लागि एक लामो यात्रा भएको छ । म धेरै सिक्न एक बच्चाको रूपमा यहाँ आएको थिएँ । अब धेरै अनुभव र परिपक्वता बोके म फर्किएको छु । सात वर्षअघि उनले चेल्सी छोडेर एभर्टनलाई रोजेका थिए । तीन वर्षे एभर्टन बसाइ अन्त्य गर्दै उनी म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए । त्यहाँ दुई वर्ष बिताएका उनी २०१९ मा इन्टर मिलान पुगेका थिए । ओल्ड ट्राफोर्डबाट ७३ मिलियन युरोमा सान सिरो पुगेका लुकाकुले ९५ खेल खेल्दा ६४ गोल गरेका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?