Logo

लुकाकुको २ गोलमा ईन्टरको सहज जित

ई-खेलकुद २०७७ असोज १५ , बिहीबार ०९:१० मा प्रकाशित

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलका पछिल्ला खेलमा ईन्टर मिलान, एटलान्टा र स्पेजिया विजयी भएका छन् । इन्टरले नवप्रवेशी बेनेभेन्टोलाई ५–२ गोल अन्तरले हराउदै ईन्टरले सिजनको दोस्रो जित निकालेको हो । बेनेभेन्टोको मैदानमा खेलको पहिलो मिनेटमा नै लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

२५औं मिनेटमा रोबर्टो गाग्लिआर्डिनीले इन्टरको अग्रता दोब्बर पारे । त्यसको ३ मिनेट पछिनै लुकाकुले दोस्रो गोल गरेपछि इन्टरले ३–० को अग्रता बनाएको थियो । ३४औं मिनेटमा घरेलु टोलीका जियानलुका काप्रारीले गोल गरेपछि खेल ३–१ गोलको अवस्थामा पुग्यो । ४२औं मिनेटमा अच्रफ हाकिमीले गोल गरेपछि पहिलो हाफमा ईन्टर मिलान ४–१ को अवस्थामा रह्यो । खेलको ७१औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई ५–१ को अग्रता दिलाए । ७६औं मिनेटमा बेनेभेन्टोका काप्रारीले दोस्रो गोल गर्दै टोलीको अन्तर घटाएका थिए । योसँगै इन्टरले दुई खेलबाट ६ अंक जोड्यो । यसअघि इन्टरले आफ्नो पहिलो खेलमा फियोरेन्टिनामाथि ४–३ गोलको जित निकालेको थियो ।
गएराती नै एटलान्टाले लाजियोमाथी ४–१ को जित निकाल्यो । नबप्रबेशी स्पेजियाले युडिनेसबिरुद्ध २–० को जित हात पारेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?