Logo

लिभरपुल र फुल्ह्याम तथा टटनह्याम र क्रिष्टलसंग खेल्दै

ई-खेलकुद २०७७ मंसीर २८ , आईतबार ०४:१२ मा प्रकाशित

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज राति बिभिन्न ५ खेल हुदैछ । दिनको पहिलो खेलमा नेपाली समयानुसार साँझ पौने ६ बजे साउथ हेम्प्टन र सेफिल्ड युनाईटेड प्रतिस्पर्धा गर्नेछन् । साउथहेम्प्टनको मैदानमा हुने खेलमा घरेलु टोली सातौ जितसंगै केहि समयका लागि तेस्रो स्थानमा पुग्ने योजनामा रहेको छ । सिजनमा कुनै पनि जित निकाल्न नसकेको सेफिल्ड पहिलो जितको खोजीमा हुनेछ ।
दिनको दोस्रो खेलमा राती ८ बजे टटनह्यामले क्रिष्टल प्यालेससंग प्रतिस्पर्धा गर्नेछ । क्रिष्टलको मैदानमा हुने खेलमा शीर्ष स्थानको टटनह्याम स्पष्ट अंक जोड्दै आफ्नो स्थानलाई यथावत राख्ने दाउमा छ । टटनह्यामलाई हराउन सके क्रिकेटल १० औ स्थानमा पुग्नेछ ।
अर्को खेलमा राती सवा १० बजे लिभरपुल र फुल्ह्याम प्रतिस्पर्धामा उत्रनेछन् । फुल्हयामको मैदानमा हुने खेलमा जित निकाल्न सके शीर्षताको लडाई थप रोचक बन्नेछ । ११ औ चरणमा टटनह्याम र लिभरपुलको समान २४ अंक रहेको छ । आजको खेलपछि यी दुई टोलीबिचको शीर्षताको होड थप रोमाञ्चक बन्नेछ । ७ अंकमा तालिकाको १७ औ स्थानमा रहेको फुल्हयामपनि बलियो टोलीलाई घरेलु मैदानमा हराउदै रेलिगेशनको भय तत्कालका लागि अन्त्य गर्ने योजनामा छ ।
अन्य २ खेल भने राती १ बजे हुनेछन् । सो समय आर्सनल र बर्नली तथा लेष्टर सिटी र ब्राईटन एण्ड होभ एल्बियन आमने सामने हुनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?