Logo

लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा

ई-खेलकुद २०७९ वैशाख २१ , बुधबार ०६:०५ मा प्रकाशित

एजेन्सी । इङलिश क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको उपाधिनजिक पुगेको छ । सेमिफाइनलको दोस्रो लेगमा गएराती भियारियललाई ३–२ गोल अन्तरले हराउँदै लिभरपुल समग्रमा ५–२ को नतिजासँगै फाइनल पुगेको हो ।

भियारियलको मैदानमा पहिलो हाफमा २–० ले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले पुनरागमन जितसहित उपाधि यात्रा तय गरेको हो । बुलाइ दिया र फ्रान्सीस कोकिलानले गोल गर्दै पहिलो हाफभर घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

बल पोजिशनमा पकड बनाएको लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । फाबियानो, लुईस डाइज र सादियो मानेले गोल गर्दै टोलीको जित निश्चित पारेका थिए । खेलको अन्तिम केही समय भियारियल १० खेलाडीमा समेटिएको थियो । लिभरपुलले च्याम्पियन्स लिगको उपाधिका लागि रियल मड्रिड र म्यानचेष्टर सिटीबीचको विजेतासँग खेल्नेछ । यी दुई टोलीबीचको सेमिफाइनलको दोस्रो लेग आज राती हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?