Logo

रोनाल्डोद्धारा अली दाईको किर्तिमान बराबरी

ई-खेलकुद २०७८ असार १० , बिहीबार ०६:०६ मा प्रकाशित

एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वकालीन सर्वाधिक गोलकर्ताको किर्तिमान बराबरी गरेका छन् । युरोकप फुटबल अन्तर्गत गएराती विश्व विजेता फ्रान्सविरुद्ध दुई गोल गर्दै रोनाल्डोले सो किर्तिमान बराबरी गरेका हुन् ।
३६ बर्षिय रोनाल्डोले राष्ट्रिय जर्सीमा १ सय ९ गोल गरेका छन् । १९९३ देखी २००६ सम्म ईरानी स्टाईकर अली दाईले १ सय ९ गोल गर्दै लामो समय सो किर्तिमान आफ्नो नाममा राखेका थिए । रोनाल्डोले पोर्चुगलको जर्सीमा १ सय ७८ खेल खेल्दै उनको किर्तिमान बराबरी गरेका हुन् । रोनाल्डोपछि मलेसीयाका मोख्तार दहारी सुचीको तेस्रो स्थानमा छन् । उनले कुल ८९ गोल गरेका छन् ।
सर्बाधिक गोल गर्नेको सुचीमा नेपालका हरी खड्का र निराजन रायमाझी १ सय ७१ स्थानमा छन् । दुबैले राष्ट्रिय जर्सीमा १३ गोल गरेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?