Logo

रियल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा

ई-खेलकुद २०७७ फागुन ३ , सोमबार ०६:०२ मा प्रकाशित

एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । २३ औ चरणको खेलमा गएराती भ्यालेन्सीयालाई २–० ले हराउदै साविक विजेता रियलले बार्सिलोनालाई पछि पारेको हो । घरेलु मैदानमा रियललाई सहज जित दिलाउन करिम बेन्जीमा र टोनी क्रुजले गोल गरे । रियलले दुबै गोल खेलको पहिलो हाफमै गरेको छ । १२ औ मिनेटमा बेन्जीमाको गोलमा अग्रता बनाएको रियलका लागि क्रुजले ४२ औ मिनेटमा अर्को गोल थपेका थिए ।
रियलबिरुद्ध कमजोर बनेको भ्यालेन्सीयाले गोल गर्ने खासै अवसर बनाउन सकेन् । पाएका सिमित अवसर पनि रियलको रक्षापक्तिले विफल पारेको थियो । २३ खेलबाट रियल ४९ अंक सहित तालिकाको दोस्रो स्थानमा पुगेको हो । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ५४ अंक छ ।
गेटाफेलाई १–० ले हराएको रियल सोसिडाड शीर्ष ५ मा पुगेको छ । २३ खेलबाट ३८ अंक जोड्दै सोसिडाडले तालिकामा एक स्थान सुधार गरेको हो । अन्य खेलहरुमा रियल बेटिसले भियारियललाई २–१ ले तथा ओसासुनाले लेभान्तेलाई १–० ले पराजित गरे ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?