Logo

रियल मड्रिड कोपा डेल रे बाट बाहिरियो

ई-खेलकुद २०७७ माघ ८ , बिहीबार ०८:०१ मा प्रकाशित

एजेन्सी । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलबाट बाहिरिएको छ । गएराती दोस्रो डिभिजन क्लब सिडी अल्कोयानोसँग २–१ ले पराजित हुदै रियल अन्तिम ३२ बाटै बाहिरिएको हो । अल्कायानोको मैदानमा रियलले सुरुआती अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन् ।
४५ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियलाई अग्रता दिलाए । ८० औं मिनेटमा सोल्बेसले गोल गर्दै अल्कायानोलाई बराबरीमा फर्काए । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अरितरिक्त समयमा धकेलिएको थियो । खेलको ११०औं मिनेटमा लोपेज ओलिभनले रातो कार्ड पाएपछि अल्कायानो १० खेलमा सीमित बनेको थियो । यद्यपी खेलको १ सय १५ औं मिनेटमा क्यासानोभाले गोल गर्दै अल्कायानोको जित निश्चित पारेका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?