Logo

युरोकप फुटबल : ईङल्याण्ड र स्कटल्याण्डको बराबरी

ई-खेलकुद २०७८ असार ५ , शनिबार ०८:०६ मा प्रकाशित

एजेन्सी । युरोकप फुटबल अन्तर्गत गएरातीका २ खेल बराबरीमा सकिएका छन् । समुह डी अन्तर्गत गएराती भएका दुबै खेल बराबरीमा सकिएका हुन् । इङ्ग्ल्यान्ड र स्कटल्यान्डले गोलरहित बराबरीको नतिजा निकाल्दा क्रोएसीया र चेक रिपब्लिकले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
वेम्ब्ली स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्ड र स्कटल्यान्डले गोलरहित बराबरी खेलेका हुन् । खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । बराबरीसँगै समूह ‘डी’को इङ्ग्ल्यान्डले चार अङ्क जोडेको छ । ऊ दोस्रो स्थानमा छ भने एक अङ्क जोडेको स्कटल्यान्ड पुछारमा छ ।
गएराती नै स्कटल्यान्डस्थित ग्लासग्लोमा भएको खेलमा क्रोएसीया र चेक रिपब्लिकले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलमा चेक रिपब्लिकले सुरुआती अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन । ३७औँ मिनेटमा प्याट्रिक चेकले पेनाल्टीमा गोल गर्दै पहिलो हाफभरि चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । ४७ औँ मिनेटमा इभान पेरिसिकले गोल गर्दै क्रोएसियालाई बराबरीमा फर्काए । यस बराबरीसँगै शीर्ष स्थानको चेक रिपब्लिकले दुई खेलमा चार अङ्क जोडेको छ । क्रोएसिया भने एक अङ्कसहित तेस्रो स्थानमा छ ।
गएराती नै स्विडेनले स्लोभाकियालाई १–० ले पराजित गर्यो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?