Logo

युनाइटेडलाइ हराउँदै लिभरपुल शीर्ष स्थानमा

ई-खेलकुद २०७९ वैशाख ७ , बुधबार ०६:०४ मा प्रकाशित

एजेन्सी । लिभरपुल, इङलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा गएराती म्यानचेष्टर युनाइटेडलाई ४–० ले हराउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा पुगेको हो । यद्यपी उसले म्यानचेष्टर सिटीभन्दा एक खेल कम खेलेको छ ।

घरेलु मैदानमा लिभरपुललाई जिताउन महम्मद सलाहले २ तथा लुइस डाइज र सादियो मानेले एक एक गोल गरे । पाँचौ मिनेटमा डाइजको गोलमा अग्रता लिएको लिभरपुलका लागि २२ औं मिनेटमा सलाहले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । ६८ औं मिनेटमा माने र ८५ आंं मिनेटमा सलाहले गोल गरेपछि लिभरपुल शानदार जित निकाल्न सफल बन्यो ।

अधिकांश समय युनाइटेडलाई दबावमा राखेको लिभरपुलका थप अवसर भने खेर गएका थिए ।
३२ खेलबाट लिभरपुल ७६ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको हो । लिभरपुलभन्दा एक खेल कम खेलेको म्यानचेष्टर सिटी ७४ अंकसहित तालिकाको दोस्रो स्थानमा झरेको छ । सिटीले आज ब्राइटन एण्ड होभ एल्बियनसँग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?