Logo

म्यान सिटी, लिभरपुल र लिड्स विजयी, चेल्सी पराजित

ई-खेलकुद २०७७ चैत्र २२ , आईतबार ०७:०४ मा प्रकाशित

एजेन्सी । म्यानचेष्टर सिटी ईङलिश प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । ३१ औ चरणको खेलमा गएराती लेष्टर सिटीलाई २–० ले हराउदै म्यान सिटीले उपाधि यात्रा बलियो बनाएको हो । योसंगै सिटीले शीर्ष स्थानमा १७ अंकको अग्रता बनाएको छ । लेष्टरको मैदानमा म्यान सिटीलाई जिताउन बेन्जामीन मेन्डी र ग्राबियल जिससले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५८ औ मिनेटमा मेन्डीले गोल गर्दै म्यान सिटीलाई अग्रता दिलाएका थिए । जिससले ७४ औ मिनेटमा अर्को गोल गर्दै टोलीको जित निश्चित पारे । ३१ खेलबाट ७४ अंक जोडेको सिटी उपाधिबाट केहि अंक मात्र टाढा छ । दोस्रो स्थानको युनाईटेडको ५७ अंक छ ।
गएराती नै लिभरपुलले आर्सनललाई ३–० ले हरायो । ईमिरेट्स स्टेडियममा पाहुना टोली लिभरपुललाई जिताउन डिएगो जोटाले २ तथा महम्मद सलाहले एक गोल गरे । पाहुना टोलीलाई खेलको पहिलो हाफमा आर्सनलले गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा लिभरपुल आक्रामक बनेको थियो । ६४ औ मिनेटमा जोटाले टोलीलाई अग्रता दिलए । त्यसको ४ मिनेटलगत्तै सलाहले टोलीको अग्रता दोब्बर पारे । ८२ औ मिनेटमा जोटाले ब्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३–० ले विजयी बन्यो । यो जितले लिभरपुललाई शीर्ष ५ मा पुर्याएको छ । ३० खेलबाट ४९ अंकसहित लिभरपुलले समान अंक भएको वेष्टह्याम युनाईटेडलाई गोल अन्तरले पछि पारेको हो । सेफिल्ड युनाईटेडलाई २–१ ले हराएको लिड्स युनाईटेड भने तालिकाको १० औ स्थानमा उक्लिएको छ ।
चेल्सी भने वेष्टब्रोमसंग ५–२ ले स्तब्ध भयो । घरेलु मैदानमा बल पोजिशनमा पकड बनाएपनि रक्षापक्तिले लय गुमाउदा चेल्सीले हार भोगेको हो । खेलको २९ औ मिनेटमा थिएगो सिल्भा रातोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि सुरुवातबाटै घरेलु टोली १० खेलाडीमा सिमित बन्यो । जितका बाबजुत बेष्टब्रोम २१ अंकमा तालिकाको १९ औ स्थानमा कायम छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?