Logo

म्यान युनाईटेड र लिभरपुलको अंक बराबर

ई-खेलकुद २०७७ पुस १८ , शनिबार ०६:०१ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले शीर्ष स्थानको लिभरपुलसंग अंक बराबरी गरेको छ । बर्ष २०२१ को पहिलो खेलमा गएराती एष्टन भिल्लालाई २–१ गोल अन्तरले हराउदै युनाईटेडले महत्वपुर्ण अंक हात पारेको हो । घरेलु मैदानमा युनाईटेडलाई जिताउन एन्थोनी मार्सियल र ब्रुनो फर्नाण्डेजले गोल गरे । एष्टनका बेर्टाण्ड राओरीले सान्त्वना गोल फर्काए । ४० औ मिनेटमा मार्सियलको गोलमा अग्रता बनाएको म्यान युनाईटेडले ५८ औ मिनेटमा गोल खाएको थियो । ६१ औ मिनेटमा फर्नाण्डेजले पेनाल्टिमा गोल गर्दै टोलीलाई जित दिलाए । १६ खेलबाट ३३ अंक जोडेको युनाईटेड तालिकाको दोस्रो स्थानमा छ । लिभरपुलसंग समान अंक भएपनि युनाईटेड गोल अन्तरमा पछि परेको हो ।
गएराती नै वेष्टह्याम युनाईटेडले एभर्टनलाई १–० ले स्तब्ध पार्यो । एष्टनको मैदानमा वेष्टह्यामलाई जिताउन टोमस स्वसेकले खेलको ८६ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो । १७ खेलबाट २६ अंक जोडेको वेष्टह्याम तालिकाको दशौ स्थानमा कायम छ । प्रिमियर लिग फुटबलमा आज बिभिन्न ४ खेल हुदैछन् । आज टटनह्याम र लिड्स, क्रिष्टल प्यासलेस र सेफिल्ड युनाईटेड, वुल्भरहेम्प्टन र ब्राईटन एण्ड होभ एल्बियन तथा आर्सनल र वेष्टब्रोम प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?