Logo

मनाङलाई हराउँदै एपीएफलाई पहिलो पटक आहा रारा गोल्डकपको उपाधि

ई-खेलकुद २०७८ माघ १५ , शनिबार ०४:०१ मा प्रकाशित

पोखरा । २० औ संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि विभागीय टोली नेपाल एपीएफले जितेको छ । आज भएको फाइनलमा मनाङ मस्र्याङदी क्लबलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै एपीएफले उपाधि जितेको हो । नियमित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट गरिएको हो । नियमित समयको खेलमा एपीएफका युवराज खड्का र रबी थिङले तथा मनाङका लागि दयानन्द सिंह र फ्रयाङकली क्युटटलाले गोल गरेका थिए । टाइब्रेकरमा एपीएफका नवीन लामा, सनिस श्रेष्ठ, रबी थिङ, मणी लामा, र आर्माङ बिलोङले गोल गरे । मनाङका फ्रयाङकली क्युटटला, दयानन्द सिंह, शीव गुरुङ, रुपेश केसीले गोल गरे । ओलावाले आफिजको प्रहार एपीएफका गोलरक्षक युया कुरियामाले रोकेका थिए ।
खेलको २० औं मिनेटमा खड्काले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । ६७ औ मिनेटमा सिंहले गोल गर्दै मनाङलाई बराबरीमा ल्याएका थिए । ८४ औं मिनेटमा फ्रयाङकलिनले गोल गर्दै मनाङलाई २–१ को अग्रता लिाए । खेलको ईन्ज्युरी समयमा थिङले गोल गर्दै विभागीय टोलीलाई बराबरीमा पुर्याएका थिए ।
उपाधिसँगै एपीएफले १० लाख रुपैया हात पारेको छ । उपविजेता मनाङले ५ लाख रुपैयामा चिक्त बुझायो । साहारा क्लबको आयोजनामा भएको प्रतियोगीतामा एक विदेशीसहित १० टोली सहभागी थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?