Logo

भियारियलविरुद्व लिभरपुलको सहज जित

ई-खेलकुद २०७९ वैशाख १५ , बिहीबार ०६:०४ मा प्रकाशित

एजेन्सी । लिभरपुलले च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेशको संभावना बलियो बनाएको छ । सेमिफाइनलको पहिलो लेगमा गएराती स्पेनिस क्लब भियारियललाई २–० ले हराँउदै लिभरपुलले फाइनल प्रवेशको संभावना बलियो बनाएको हो । घरेलु मैदान एन्फिल्डमा उसलाई जिताउन सादियो मानेले एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लिभरपुलले उपहार गोलमा अग्रता लिएको थियो । प्रभेस स्तुपिन्यानले ५३ औं मिनेटमा आत्माघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता बनाएको थियो । त्यसको २ मिनेटपछि मानेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

७३ प्रतिशत बल पोजिशनको खेलमा लिभरपुलका थप आधा दर्जन अवसर भने खेर गएका थिए । यी दुइ टोलीबीचको दोस्रो लेग भियारियलको मैदानमा मे ३ मा हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?