Logo

ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा

ई-खेलकुद २०७८ जेठ १६ , आईतबार ०८:०५ मा प्रकाशित

एजेन्सी । ब्रेन्टफोर्ड ईङलिश प्रिमियर लिगमा बढुवा भएको छ । लन्डन क्लबले इतिहासमै पहिलोपल्ट प्रिमियर लिगमा स्थान बनाएको हो । च्याम्पियनसिप प्लेअफ फाइनलमा स्वान्सी सिटीलाई २–० ले हराउदै ब्रेन्टफार्डले महत्वपुर्ण उपलब्धी हात पारेको हो । उसले दुबै गोल खेलको पहिलो हाफमै गरेको थियो । यसअघि नौ पटकसम्म प्लेअफमा पुगेरपनि ब्रेन्टफोर्ड माथिल्लो डिभिजनमा उक्लन सकेको थिएन् ।
इभान टोनी र इमिलिनो मारकोडेन्सले गोल गर्दै टोलीलाई ऐतिहासिक उपलब्धी दिलाए । खेलको दोस्रो हाफमा स्वान्सी १० खेलाडीमा सिमित बनेको थियो । ६५ औ मिनेटमा जेई फुल्टोन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय स्वान्सी १० खेलाडीमा सिमित भएको थियो । बेन्टफोर्डले १९४६÷४७ पछि पहिलो पटक माथिल्लो डिभिजनको लिग खेल्ने भएको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?