Logo

बोरुसिया डर्टमण्डको सहज जित

ई-खेलकुद २०७८ असार ३० , बुधबार ०६:०७ मा प्रकाशित

एजेन्सी । प्रि–सिजनअन्तर्गत क्लब मैत्रीपूर्ण खेलमा बोरुसिया डर्टमन्ड विजयी भएको छ । जर्मनीको जिईबेन एफसीलाई २–० ले हराउदै डर्टमण्डले प्रिसिजनको सुखद सुरुवात गरेको हो ।
डर्टमन्डलाई जिताउन अन्स्गर क्नाउफ र स्टेफन टाइगेसले एक–एक गोल गरे । उसले दुबै गोल खेलको पहिलो हाफमा गरेको थियो ।
खेलको ३४ औँ मिनेटमा क्नाउफ र ४२ औँ मिनेटमा टाइगेसले गोल गर्दै टोलीलाई जित दिलाए । डर्टमन्डले अघिल्लो सिजनको बुन्डेसलिगा तेस्रो स्थानमा रहेर अन्त्य गरेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?