Logo

फ्रेच लिग वानको शीर्ष स्थानमा पीएसजीलाई ३ अंकको अग्रता

ई-खेलकुद २०७७ माघ १० , शनिबार ०६:०१ मा प्रकाशित

एजेन्सी । पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । २१ औ चरणको खेलमा गएराती मोन्टपिलरलाई ४–० को फराकिलो अन्तरले हराउदै पीएसजीले लिलीलाई ३ अंकले पछि पारेको हो । यद्यपी लिलीले एक खेल कम खेलेको छ ।
घरेलु मैदानमा पिएसजीलाई जिताउन केलियन एम्बाप्पेले २ तथा नेयमार र माउरो ईकार्डीले एक एक गोल गरे । १९ औ मिनेटमा मोन्टपिलरका गोलरक्षक जोनास ओम्लीन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पहिलो हाफको सुरुवातमै पाहुना टोली १० खेलाडीमा समेटिएको थियो ।
३४ औ मिनेटमा एम्बाप्पेको गोलमा अग्रता बनाएको पीएसजीले बाँकि ३ गोल चार मिनेटभित्र गरेको थियो । नेयमारले ६०, ईकार्डीले ६१ र एम्बाप्पेले ६३ औ मिनेटमा गोल गर्दै टोलीलाई शानदार जित दिलाए । २१ खेलबाट पिएसजीको ४५ अंक भएको छ ।
लिग वानमा आज बिभिन्न २ खेल हुदैछन् । आज लेन्स र नाईस तथा मोनाक्को र मार्सेली प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?