Logo

प्रिमियर लिगमा आज बिभिन्न ६ खेल हुदै

ई-खेलकुद २०७७ पुस ११ , शनिबार ०३:१२ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा आज बिभिन्न ६ खेल हुदैछन् । दिनको पहिलो खेलमा नेपाली समयानुसार साँझ सवा ६ बजे म्यानचेष्टर युनाईटेड र लेष्टर सिटी प्रतिस्पर्धा गर्नेछन् । घरेलु मैदानमा हुने खेलमा लेष्टर १० औ जितसंगै शीर्ष स्थानको लिभरपुलसंगको दुरी १ अंकमा झार्ने योजनामा छ । लेष्टरलाई हराउन सके म्यान युनाईटेड तालिकाको दोस्रो स्थानमा पुग्नेछ । राती पौने ९ बजे २ खेल हुनेछन् । सो समय एष्टन भिल्ला र क्रिष्टल प्यालेस तथा फुल्ह्याम र साउथहेम्प्टन प्रतिस्पर्धा गर्नेछन् ।
अर्को खेलमा राती सवा ११ बजे आर्सनल र चेल्सी आमने सामने हुनेछन् । घरेलु मैदानमा हुने खेलमा आर्सनल पाँचौ र चेल्सी आठौ जितको खोजीमा रहनेछन् । आजको जितले चेल्सीलाई शीर्ष तीनमा पुर्याउनेछ । चेल्सीलाई हराउन सके आर्सनलले पनि एक स्थान सुधार गर्नेछ ।
राती पौने २ बजे २ खेल हुनेछन् । सो समय म्यानचेष्टर सिटीले न्यु कयासल युनाईटेड र सेफिल्ड युनाईटेड र एभर्टन आमने सामने हुनेछन् । घरेलु मैदानमा हुने खेलमा सिटी सातौ न्युक्यासल छैठौ जितको खोजीमा रहनेछन् । न्युक्यासलबिरुद्ध सिटीका महत्वपुर्ण २ खेलाडी अनुपस्थित हुनेछन् । कोरोना सक्रमणका कारण स्टाईकर ग्राबियल जिसस र डिफेण्डर केल वाल्करले आजको खेल गुमाउनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?