Logo

प्रशिक्षकको राजीनामा प्रकरण : एन्फा भन्छ आराम गर्न पठाएका हौ !

ई-खेलकुद २०७८ साउन १० , आईतबार ०७:०७ मा प्रकाशित

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीलाई केहि दिन आराम गरेर काममा फर्कने जनाएको छ । प्रशिक्षक अलमुताईरीले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरे लगत्तै एन्फाले उनको औपचारिक राजीनामा नभएको र तनावमा रहेकाले केहि दिन आराम गर्ने बताएको हो । एन्फा प्रवक्ता किरण राईले प्रशिक्षक अलमुताईरीको औपचारिक निर्णय एन्फाको जानकारीमा नआएको जनाएका छन् ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको भन्दै प्रशिक्षक अलमुताईरीले फेसबुकमा स्टाटस लेखेका थिए । नेम्बाङले पछिल्लो तीन सातादेखि असहयोग गरिरहेको र त्यसै कारण आफूले फुटबल टिम छोड्ने निर्णय गरेको भन्दै उनले फुटबल समर्थकलाई जानकारी दिएका थिए । कुवेतका प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताइरी गत चैतमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनी एएफसी कोचिङ इन्स्ट्रक्टरसमेत हुन् । एन्फाले उनलाई एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो ।
उनले राजीनामाको घोषणा गरेपछि एन्फाको आकस्मिक बैठक बसेको थियो । तर प्रशिक्षक अलमुताइरी र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा भने अनुपस्थित थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?