Logo

पिएसजीको बराबरी, मार्सेलीको सहज जित

ई-खेलकुद २०७७ मंसीर १४ , आईतबार ०८:११ मा प्रकाशित

एजेन्सी । डिफेण्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन पिएसजी फ्रेन्च लिग वान फुटबलको पछिल्लो खेलमा बराबरीमा रोकिएको छ । शीर्ष स्थानको पीएसजी बोर्डेअक्ससंग २–२ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा २–१ को अग्रता बनाएको पिएसजी दोस्रो हाफमा सम्हालिन नसक्दा अंक बाड्न बाध्य भयो । घरेलु मैदानमा १० औ मिनेट पिएसजीले आत्माघाती गोल गरेपछि खेलमा बोर्डेअक्सले अग्रता बनाएको थियो । २७ औ मिनेटमा नेयमारले पेनाल्टिमार्फत गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसको १ मिनेटपछि मोईस किनले गोल गर्दै पिएजीलाई २–१ को अग्रता दिलाए । ६० औ मिनेटमा यासिन एडलीले बोर्डेअक्सलाई बराबरीमा पुर्याएका थिए । दोस्रो हाफमा पाएका झण्डै दर्जन अवसर पिएसजीले खेर फाल्दा सोहि नतिजा निर्णायक बन्यो । बराबरीका बाबजुत पिएसजी २५ अंकमा तालिकाको शीर्ष स्थानमा कायम छ । बोर्डेअक्स १६ अंकमा तालिकाको ११ औ स्थानमा पुगेको छ ।
मार्सेलीले नान्टेसलाई ३–१ ले स्तब्ध पार्यो । यो जितले मार्सेलीलाई तालिकाको तेस्रो स्थानमा पुर्याएको छ । १० खेलबाट उसको २१ अंक भएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?