Logo

पाकिस्तानका प्रशिक्षक उल हकले दिए राजिनामा

ई-खेलकुद २०७८ भदौ २२ , मंगलबार ०६:०९ मा प्रकाशित

एजेन्सी । पाकिस्तान क्रिकेट टोलीका मुख्य प्रशिक्षक मिस्बाह उल हकले पदबाट राजीनामा दिएका छन् । २ बर्ष अघि टोलीको मुख्य प्रशिक्षकमा नियुक्त ४५ बर्षिय उल हकले भुमिका छाड्ने निर्णय गरेका हुन् ।

उनीसंगै बलिङ प्रशिक्षक वकार युनिसले पनि पदबाट राजीनामा दिएका छन् । पाकिस्तान क्रिकेट बोर्डले दुबैको राजिनामा एउटा स्वभाविक पाटोको रुपमा रहेको जनाएको छ । त्यस्तै बोर्डले टोलीको मुख्य प्रशिक्षकमा साकलिन मुस्ताक र सहायक प्रशिक्षकमा अब्दुल राज्जकलाई नियुक्त गरेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?