Logo

नेयमारलाई प्रतिबन्धसंगै थप कारबाहि हुन सक्ने

ई-खेलकुद २०७७ भदौ २९ , सोमबार ०३:०९ मा प्रकाशित

एजेन्सी । पेरिस सेन्ट जर्मेन पिएजीका ब्राजिलियन फरवार्ड नेयमारमाथी प्रतिबन्धसहितको कारबाहि हुने भएको छ । फ्रेन्च लिग वान अन्तर्गत मार्सेलीबिरुद्धको खेलमा रातो कार्ड पाएका नेयमारसहित पिएसजीका तीन खेलाडीलाई एक खेलको प्रतिबन्ध सहित अन्य कारबाहि हुने संभावना बढेको हो । मैदानमै विपक्षि खेलाडीमाथी हातपात समेत गरेपछि नेयमारमाथी एक खेलको प्रतिबन्ध लाग्ने निश्चित छ । खेलको अन्त्यमा नेयमारलाई रेफ्रीले भीएआरको सहायतामा रातो कार्ड दिएका थिए । ब्राजिलियन स्टारले अल्भारो गोन्जालेजको टाउकोमा हिर्काएको पाइएपछि रेफ्रीले उनलाई मैदानबाहिर पठाएका थिए । सो प्रतिबन्धपछि उनीहरुलाई थप कारबाहिको सिफारिस हुने बताईएको छ । यद्यपी उनीहरुले कस्तो कारबाहि भोग्नुपर्ने हो त्यो बारे केहि खुलाईएको छैन् ।
आइतबार राति भएको खेलमा पीएसजीका तीन र मार्सेलीका दुई खेलाडीले रातो कार्ड पाएका थिए । पीएसजीको मैदानमा भएको खेलमा पाहुना टोली मार्सेलीले १–० गोलको जित निकालेको थियो । करिब पाँच हजार दर्शकमाझ भएको सो खेल अवधिभर १७ वटा कार्ड रेफ्रीले देखाएका थिए । लिग वानको खेलमा यो कीर्तिमानी कार्ड संख्या हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?