Logo

जिम्बावेको टोलीविरुद्व सुखद नतिजा निकाल्ने योजनामा छौ : कप्तान सन्दिप लामिछाने

ई-खेलकुद २०७९ वैशाख १६ , शुक्रबार ०८:०४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेले जिम्बावेविरुद्वको सिरिजमा नेपाली टोलीले सुखद नतिजा निकाल्ने लक्ष्य राखेको बताएका छन् । घरेलु मैदानमा भोलीबाट सुरु हुने सिरिज अघि पत्रकार सम्मेलनमा बोल्दै कप्तान लामिछानेले अनुभवी र माथिल्लोस्तरको टोलीसँग सकारात्मक क्रिकेट खेल्ने बताए । यो सिरिजले आसन्न अमेरिका भ्रमणमा पनि टोलीलाई सहयोग पुर्याउने भएकाले नेपाली टोली उच्च मनोबलमा रहेको उनको भनाई थियो ।
जिम्बाब्वे टोलीका प्रशिक्षक डौग्लास होन्डुले युवा टोली समेटेर शृखंलामा आएको भन्दै राम्रो नतिजाका लागि खेल्ने बताए । नेपाल भ्रमणका आएका खेलाडी राष्ट्रिय टोलीमा प्रतिस्पर्धा गर्ने भन्दै उदाउँदै गरेको नेपालसँग खेल्न पाउँदा खुसी लागेको होन्डुले बताए । जिम्बावे कप्तान टोनी मुनियोङ्गाले नेपाली टोलीसँग घरेलु मैदानमा खेल्दा नयाँ अनुभव हुने प्रतिक्रिया दिए ।
नेपालमा आयोजना हुन लागेको शृंखलाका लागि जिम्बाब्वेको टोली नेपाल आइसकेको छ । नेपाल क्रिकेट संघ क्यानले एकदिवसीय सिरिजका लागि १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । नेपालले जिम्बावेको ए टोलीसँग तीन म्याचको वन डे र समान खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?