Logo

च्यासल रेलिगेशनमा,फ्रेन्डसको भय टर्यो

ई-खेलकुद २०७८ फागुन ७ , शनिबार ०३:०२ मा प्रकाशित

काठमाडौं । च्यासल युथ क्लब बी डिभिजनमा घटुवा भएको छ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत १२ औं चरणको खेलमा फ्रेन्ड्स क्लबसँग २–१ गोल अन्तरले पराजित भएसँगै च्यासल रेलिगेशनमा पर्दै दोस्रो डिभिजनमा झरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जित्नै पर्ने खेलमा च्यासल पराजित भएसँगै तीन सिजन ए डिभिजन खलेर बी डिभिजनमा झरेको हो । च्यासल २०७३ सालमा ए डिभिजनमा उक्लिएको थियो ।

च्यासलविरुद्व फ्रेन्ड्सलाई जित दिलाउन दुबै गोल जमौल एन्थोनी फ्रान्कोइसले गरे । च्यासलका मौसा अबगानाले एक गोल फर्काए । खेलको पहिलो हाफमै २–० को अग्रता लिएको फ्रेन्डले दोस्रो हाफमा गोल खाएको थियो । यद्यपी दोस्रो हाफमा पाएका अवसर सदुपयोग गर्न नसक्दा च्यासल हार भोग्न बाध्य भयो ।

जितसँगै १२ खेलबाट १० अंकसहित फ्रेन्ड्स तालिकाको १२ औं स्थानमा रहेको छ । उसलाई तत्कालका लागि रेलिगेशनको खतरा टरेको छ । समान खेलबाट च्यासल ६ अंकमा तालिकाको पुछारमा छ । निक्कै आशलाग्दा खेलाडी टोलीमा अनुबन्धन गरेपनि च्यासलले जारी सिजन एक खेलमा मात्र जित निकाल्न सकेको थियो । बाँकी तीन अंक बराबरीको नतिजाबाट हात परेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?