Logo

च्याम्पियन्स लिग : सेमिफाईनलको दोस्रो लेगमा पिएसजी र म्यान सिटी भिड्दै

ई-खेलकुद २०७८ वैशाख २१ , मंगलबार ०९:०५ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाईनलको दोस्रो लेगमा आज म्यानचेष्टर सिटी र पेरिस सेन्ट जर्मेन पिएसजी प्रतिस्पर्धा गर्दैछन् । सिटीको मैदान ईतिहाद स्टेडियममा हुने खेल नेपाली समयानुसार राती पौने १ बजे सुरु हुनेछ । पहिलो लेगमा २–१ को जित निकालेको घरेलु टोली आजको खेलमा पनि सहज जित निकाल्दै उपाधि नजिक पुग्ने योजनामा छ ।
पिएसजी भने घरेलु मैदानमा पहिलो लेगमा भोगेको हारको बदला लिदै फाईनल प्रबेशको लक्ष्यमा रहेको छ । चोटका कारण केहि समय मैदानबाहिरै रहेका केलियन एम्बाप्पे आजको खेलमा मैदान उत्रनेछन् । पिएसजीले सिटीबिरुद्धको खेलका लागि २५ सदस्सीय टोली घोषणा गरिसकेको छ । टोलीमा एम्बाप्पेसंगै नेयमार, एन्जल डि मारिया लगायतका खेलाडी रहेका छन् । मुख्य खेलाडीले चोट बोकेपछि पिएसजी समस्यामा पर्दै आएको थियो ।
आजको विजेताले च्याम्पियन्स लिगको उपाधिका लागि चेल्सी र रियल मड्रिडविचको विजेतासंग खेल्नेछ । यी दुई टोलीबिचको पहिलो लेग एक एक गोलको बराबरीमा सकिएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?