Logo

चितवनलाई हराएको विराटनगर शीर्ष स्थानमा

ई-खेलकुद २०७८ वैशाख २० , सोमबार ०९:०५ मा प्रकाशित

काठमाण्डौ । विराटनगर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । चौथो चरणको खेलमा एफसी चितवनलाई २–० ले हराउदै विराटनगरले गोल अन्तरमा धनगढीलाई पछि पारेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पहिलो हाफमा गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफमा २ गोल गर्दै विराटनगरले महत्वपुर्ण अंक हात पारेको हो ।
पेड्रो मान्जी क्रुजले ७३ औँ मिनेटमा गोल गर्दै विराटनगरलाई अग्रता दिलाएका थिए । ८९औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै टोलीको जितको निश्चित गरे । पहिलो हाफमा विराटनगरलाई दबाबमा राखेको चितवनले राम्रा अवसर खेर फालेको थियो ।
विराटनगरले ४ खेलबाट ७ अङ्क जोडेको छ । गोलअन्तरमा धनगढी फुटबल क्लबलाई पछि पार्दै विराटनगर शीर्ष स्थानमा पुगेको हो । समान खेलबाट चितवनको २ अङ्क छ । प्रतियोगितामा मङ्गलबार बुटवल लुम्बिनी फुटबल क्लब र काठमाडौँ रेजर्सबीच खेल हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?