Logo

क्रिष्टलको पोष्टमा लिभरपुलको ७ गोल

ई-खेलकुद २०७७ पुस ४ , शनिबार ०८:१२ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित निकालेको छ । १४ औ चरणको खेलमा क्रिष्टल प्यालेसलाई ७–० ले हराउदै लिभरपुलले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको हो । क्रिष्टलको मैदानमा लिभरपुललाई जिताउन रोबर्टो फिरिमिनो र महम्मद सलाहले २ तथा ताकुमी मिनामिनो, सादियो माने र जोर्डन हेण्डरसनले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमै मिनामिनोले लिभरपुललाई अग्रता दिलाएका थिए । ३५ औ मिनेटमा मानेले लिभरपुलको अग्रता दोब्बर पारे । ४४ औ मिनेटमा फिरिमिनोले गोल गरेपछि पहिलो हाफमै लिभरपुल ३–० को बलियो अवस्थामा पुग्यो । उसले दोस्रो हाफमा पनि आक्रमणलाई निरन्तर जारी राख्यो । ५२ औ मिनेटमा हेण्डरसनले टोलीलाई ४–० को अवस्थामा पुर्याए । ६८ औ मिनेटमा फिरिमिनोले ब्यक्तिगत दोस्रो गोल गरे भने सलाहले ८१ र ८४ औ मिनेटमा लगातार गोल गर्दै टोलीलाई शानदार जित दिलाए ।
खेलमा अधिकांश समय क्रिष्टललाई दबावमा राखेको लिभरपुलले पाएका थप ८ अवसर भने खेर फालेको थियो । १४ खेलबाट ३१ अंक जोडेको लिभरपुल दोस्रो स्थानको टटनह्यामभन्दा ६ अंकले अघि रहेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?