Logo

कौटिन्हो सर्बाधिक मुल्यवान खेलाडी

ई-खेलकुद २०७७ असोज ४ , आईतबार ०३:०९ मा प्रकाशित

एजेन्सी । बार्सिलोनाका स्टार फिलिप्पे कौटिन्होले मस्ट भ्याल्लुएवल खेलाडीको अवार्ड जितेका छन् । जोन ग्याम्पर ट्रफीको उपाधि उचालेको बार्साका ब्राजिलियन स्टारलाई सो अवार्ड प्रदान गरिएको हो । जर्मन क्लब बायर्न म्युनिखबाट फर्किएपछि टोलीको प्रर्दशनमा ठुलो प्रभाव देखाएका उनी ईल्चेबिरुद्धको खेलमा टोलीका महत्वपुर्ण सदस्यका रुपमा रहेका थिए । ईल्चेलाई १–० ले हराउदै बार्साले जोन ग्याम्पर ट्रफी उचालेको थियो । क्याप नोउमा भएको खेलमा बार्सिलोनालाई जिताउन एन्टानियो ग्रिजम्यानले निर्णायक गोल गरे । बार्सिलोनाको आधिकारिक वेबसाइटमा राखिएको अनलाइन पोलमार्फत कौटिन्हो उत्कृष्ट खेलाडी चुनिएका हुन् । मुल्यवान खेलाडीको अवार्ड हात पारेपछि प्रतिक्रिया दिदै उनले बार्सिलोना फर्किन पाउँदा निक्कै खुशी लागेको बताएका थिए ।
२८ वर्षीय कौटिन्होलाई बार्सिलोनाले ८ दशमलव ५० मिलियन युरोमा जर्मन पठाएको थियो । एक वर्ष लोनमा जर्मन बसेका उनले बायर्नको जर्सीमा च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कपको उपाधि जितेका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?