Logo

के होलान अब घरेलु खेलकुदका प्रतियोगीता ?

ई-खेलकुद २०७८ पुस २५ , आईतबार ०८:०१ मा प्रकाशित

काठमाडौं । घरेलु खेलकुदका गतिबिधीहरु चालु रहेका बेला अहिले कोरोना माहामारीको सक्रमण बढेको छ । फुटबलमा सहिद स्मारक ए डिभिजन लिग चलिरहेको छ । अर्को महिना अफ्रिकी मुलुक मारिसससँग घरेलु मेदानमा मैत्रीपूर्ण खेलको तालिकापनि तय भइसकेको छ । क्रिकेटमा सोमबारबाट प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगीता सुरु हुँदैछ । बिभिन्न जिल्लाहरुमा पनि गोल्डकप र अन्य प्रतियोगीताको तयारीहरु तिब्र बनेका छन् । टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा राष्ट्रिय टोली बन्द प्रशिक्षणमा छ ।
काठमाडौंमा कोरोनाको तेस्रो लहरले छोपेपछि सरकारले स्मार्ट लकडाउनको निर्णय गर्ने तयारी गरेको छ । विद्यालयहरु माघ १५ सम्म बिदा गर्न सिफारिस गरिएको छ । भिडभाड हुने स्थानहरुपनि प्रतिबन्धमा परेका छन् । यस्तोमा दर्शकसहित लिगका खेल सुचारु गर्न निश्चय नै मिल्ने अवस्था छैन् । चालु रहेका र तयारीमा रहेका प्रतियोगीताको भविश्यपनि अन्योलमा पर्दै गएको छ । यद्यपी सरकारले अहिले नै यकिन निर्णय लिइनसकेकाले सरोकारवाला निकायले त्यसबारे केही बोलेका छैनन् । अखिल नेपाल फुटबल संघ एन्फाका एक अधिकारीका अनुसार सरकारको निर्णय र केहीदिनको अवस्था बिश्लेषण गरेर मात्र एन्फाले निर्णय लिने बताउछन् ।
नेपाल क्रिकेट संघ क्यानले पनि सोमबारबाट प्रतियोगीता सुरु हुने जनाउँदै आगामी निर्णय तत्कालिन परिस्थितीमा भर पर्ने जनाएको छ । राष्ट्रिय खेलकुद परिषद राखेप भने दर्शकबीनाकै प्रतियोगीता गरेर लिग चलाउने तथा पूर्ण स्वाथ्य मापदण्ड पालना गराएर क्रिकेट प्रतियोगीता गराउने पक्षमा देखिएको छ । तर सक्रमणको ग्राफलाई नियाल्दा भोलीका दिनमा पनि प्रतियोगीताहरु चालु राख्न सहज भने छैन् । सरकारले कढाइका साथ नियम पालना गराउने हो भने खेलकुद गतिबिधीहरु पनि ठप्प हुने स्थिती देखिएको छ । तर नियामक निकायको निर्णयमा खेलकुदका उपल्ला निकायहरु पर्ख र हेरको मनस्थितीमा देखिएका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?