Logo

किन टिक्दैनन नेपालमा विदेशी प्रशिक्षक ……!

ई-खेलकुद २०७८ भदौ ११ , शुक्रबार ०९:०८ मा प्रकाशित

काठमाण्डौ । नेपाली खेलकुदले अन्तराष्ट्रिय क्षेत्रमा बिशिष्ट पहिचान बनाउन सकेको छैन । क्रिकेटमा सन् २०१४ को विश्वकप खेलेपनि अन्य खेलकुदको अवस्था क्षेत्रीयस्तरमै सिमित छ । फुटबल र भलिबलले केहि संभावना देखाएपनि आशातित उपलब्धी भने हासिल गर्न सकेका छैनन् । तथापी नेपालका जुनसुकै खेलमा पनि प्रशिक्षकको भुमिका निभाउन धेरै हस्तीको चाहाना रहने गरेको छ । नेपालमा क्रिकेट र फुटबलको मुख्य प्रशिक्षकको भुमिकामा नाम चलेका धेरै व्यक्तिहरुको प्रबेश पनि भयो । तर उनीहरुको बसाँई धेरै लामो हुन सकेको छैन् । अपवादबाहेक नेपाल आएका अधिकांश प्रशिक्षक कार्यकाल अगावै नेपाल छाड्ने निर्णयमा पुग्छन् । यसैको पछिल्लो उदाहरण क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको राजीनामा रहेको छ । नेपाली क्रिकेटले पाएको हालसम्मकै ठुलो नाम हो ह्वाटमोर । टेष्टराष्ट्रको प्रशिक्षक बनिसकेपछि उनी नेपाल आएका थिए । तर उनी कार्यकाल सकिन ४ महिना अगावै पद छाड्ने निर्णयमा पुगे । उनीभन्दा अघि भारतीय प्रशिक्षक उमेश पटवालले पनि समयावधीभन्दा अघिनै नेपाल छाडेका थिए । केहि लामो समय नेपाल बसेपनि पुबुदु दशानायकेको बर्हिगमन आन्तरिक किचलोकै कारण भएको थियो ।
क्रिकेटमा मात्र होईन फुटबलले भित्र्याएका विदेशी प्रशिक्षकको अवस्थापनि उस्तै छ । वर्तमान प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले पनि नेपाल छाड्ने संकेत दिईसकेका छन् । यसअघिका प्रशिक्षक योहान कालिनपनि समयाबधीभन्दा अघि नै आफ्नो भुमिकाबाट बाहिरिएका थिए । फुटबल टोलीका पाएको ठुलो नाम ग्राहम रोबर्टको अवस्थापनि त्यो भन्दा भिन्न रहन सकेन ।
किन यस्तो हुन्छ ?
विदेशी प्रशिक्षकहरु नेपाल बस्न नसक्नुको मुख्य कारण नै नेपालको आन्तरिक वातावरण हो । खेल संघभित्र हाबी भएको राजनिती र आन्तरिक किचलोका कारण नै विदेशी प्रशिक्षक जिम्मेबारी छाड्न बाध्य भएका छन् । यसको स्पष्ट संकेत फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताईरीले गराईसकेका छन् ।

आन्तरिक विवादमा रुमललीएको क्रिकेट संघका पदाधिकारीहरुलेनै तत्कालीन प्रशिक्षक पुबुदु दशानायकेमाथी राजनिती गरेको आरोप लगाएका थिए । यहि कारण उनले नेपाल छाड्नु परेको थियो । प्रशिक्षकलाई आन्तरिक विवादमा मुछेर फाईदा लिने संस्कार बोकेका खेलसंघका पदाधिकारीको मनस्थितीमा परिवर्तन आउन नसक्दा प्रशिक्षक आउदै जाने अवस्था सृजना भएको छ ।

खेल संघमाथी राजनिती हाबी भएका अन्य मुलुकहरुको नियती पनि यस्तै छ । यसले खेलकुदको विकास त परै जाओस खेलाडीहरुको मनोबल पनि कमजोर पार्दै लगेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?