Logo

एन्फाले ७ सय ४५ खेलाडीको बिमा गर्ने

ई-खेलकुद २०७८ साउन ८ , शुक्रबार ०९:०७ मा प्रकाशित

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीको स्वास्थ्य तथा दुर्घटना बिमा गर्ने भएको छ । एन्फाले आफ्नो मातहतमा आबद्ध ७ सय ४५ खेलाडीको बिमा गर्न लागेको हो ।

एन्फा प्रवक्ता किरण राईका अनुसार राष्ट्रिय र ए डिभिजन लिग खेल्ने खेलाडीले यो सुबिधा प्राप्त गर्नेछन् । राष्ट्रिय फुटबल खेलाडी ७० जना र ‘ए’ डिभिजन लिगका ६ सय ७५ जना गरी ७ सय ४५ खेलाडीको स्वास्थ्य र दुर्घटना बिमा गर्ने तयारी भएको एन्फाले जनाएको छ । उसले बिमा कम्पनीलाई प्रस्ताव पेश गर्न आग्रह समेत गरेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?