Logo

उपाधि घरमै राख्ने नेपालको चाहाना

ई-खेलकुद २०७८ वैशाख १० , शुक्रबार ०९:०४ मा प्रकाशित

काठमाण्डौ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टि–२० सिरिजको उपाधिका लागि नेपालले शनिबार नेदरल्याण्ड्ससंग प्रतिस्पर्धा गर्दैछ । समुह विजेताको रुपमा फाईनल पुगेको नेपाल नेदरल्याण्ड्सबिरुद्ध पछिल्लो भेटमा भोगेको हारको बदला लिदै उपाधि घरमै राख्न चाहान्छ । तर सहजै उपाधि जित्ने नेपालको आधार भने कमजोर रहेको छ ।
कोरोना माहामारीका कारण त्रिबि क्रिकेट मैदानमा दर्शकको प्रबेशमा लगाईएको रोक तथा डच टोलीको उच्च फर्मका कारण नेपालले सहजै उपाधि जित्नेमा ढुक्क हुने आधार कमजोर बनेको हो ।
यद्यपी समुहचरणको अन्तिम खेलमा उच्च योगफल बनाउदै मलेसीयालाई ६९ रनले हराएको नेपाल त्यस्तै नतिजा पुनरावृती गर्न चाहान्छ ।
डेब्यु पछिका तीन खेलमा लगातार तीन अर्धशतक बनाउदै किर्तिमान बनाएका ओपनर कुशल भुर्तेल पछिल्लो खेलमा १६ रनमै आउट भएका थिए । फाईनलमा नेपाली टोली भुर्तेलको लय कायम होस भन्ने प्रतिक्षामा छ । टोलीका अन्य सदस्यहरुको फिटनेश पनि सुधारउन्मुख देखिएकाले प्रशिक्षक डेभ वाटमोर उपाधि जित्नेमा आशाबादी छन् । उनको प्रशिक्षणमा पहिलो अन्तराष्ट्रिय सिरिज खेलिरहेको नेपाललाई त्यो साख जोगाउन पनि नेदरल्याण्ड्सबिरुद्धको फाईनल परिक्षा जस्तै बनेको हो ।
किर्तिपुरस्थित त्रिबि क्रिकेटमा हुने फाईनल खेल शनिबार दिउँसो सवा १ बजे सुरु हुनेछ । उद्घाटन खेलमा डच टोलीबिरुद्ध ९ विकेटको प्रभावशाली जित निकालेको नेपाल उसैसंगको दोस्रो भेटमा ३ विकेटले पराजित भएको थियो । २ सय ७ रनको चुनौती नेदरल्याण्ड्सले ३ बल अगावै भेट्दै डच टोलीले उपाधि दाबेदारिता प्रस्तुत गरेको हो ।
सो खेलमा फिल्डिङमा निक्कै कमजोरी गरेको नेपालको बलिङ पनि कमजोर देखिएको थियो । मलेसीयासंगको खेलमा त्यसलाई सुधार गरेपछि फाईनलका लागि नेपाल तयार देखिएको छ ।
पछिल्लो क्रमसम्म ब्याटिङ अर्डर चल्ने भएकाले माथिल्लो क्रमले आधार तयार पार्न सके, वाटमोरको आगमनलाई राष्ट्रिय टोलीले उपाधिबाट स्वागत गर्ने निश्चित छ । यसलाई उनको आगमनको प्रभावको हिस्साका रुपमा पनि लिन सकिन्छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?