Logo

ईन्टर मिलान सिरि ए फुटबलको उपाधि नजिक

ई-खेलकुद २०७८ वैशाख १९ , आईतबार ०७:०५ मा प्रकाशित

एजेन्सी । ईन्टर मिलान ईटालियन सिरि ए फुटबलको उपाधि नजिक पुगेको छ । पछिल्लो खेलमा गएराती क्रोटोनलाई २–० ले हराउदै ईन्टरले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको हो । उसलाई उपाधिका लागि अब मात्र १ अंक पर्याप्त हुनेछ । ईन्टर सन् २०१० पछि सिरि ए फुटबलको उपाधि नजिक पुगेको हो । उसलाई सहज जित दिलाउन क्रिष्टियन ईरिक्सन र अचरफ हाकिमीले एक एक गोल गरे । ३४ खेलबाट ८२ अंक जोडेको ईन्टर दोस्रो स्थानको एसी मिलानभन्दा १३ अंकले अघि रहेको छ । यद्यपी एसी मिलान उपाधि होडबाट बाहिरिसकेको छ । सिरि एमा तेस्रो स्थानको एटलान्टा मात्र ईन्टरको प्रतिद्धन्दीका रुपमा देखा परेको छ । ईन्टर र एसी मिलानभन्दा एक खेल कम खेलेको एटलान्टा ३३ खेलबाट ६८ अंकमा तेस्रो स्थानमा रहेको हो ।
एटलान्टा आजको खेलमा पराजित वा बराबरीमा रोकिए, ईन्टर ४ खेल अगावै सिरि ए च्याम्पियन बन्नेछ । ३४ औ चरणको खेलमा एटलान्टाले आज सासुउलोसंग प्रतिस्पर्धा गर्नेछ । गएरातीनै एसी मिलानले बेनेभेन्टोलाई २–० ले हराउदा हेल्लास भेरोना र स्पेजियाले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?