Logo

ईटाली युरोकप फुटबलको क्वार्टरफाईनलमा

ई-खेलकुद २०७८ असार १३ , आईतबार ०७:०६ मा प्रकाशित

एजेन्सी । इटाली १६ औँ संस्करणको युरो कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको अन्तिम १६ को खेलमा अस्ट्रियालाई २–१ गोल अन्तरले हराउदै ईटालीले अन्तिम आठको यात्रा तय गरेको हो ।
वेम्बली स्टेडियममा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि थप गरिएको अतिरिक्त समयमा ईटालीले संर्घषपुर्ण जित निकालेको हो ।
इटालीलाई जिताउन फेडरिको चिसा र माटियो पेसिनाले गोल गरे । अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए । ९५औँ मिनेटमा चिसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । खेलको १ सय ५ औँ मिनेटमा पेसिनाले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । १ सय १४औँ मिनेटमा अस्ट्रियाका सासाले सान्त्वना गोल गरे । यो जितसंगै ईटालीको अपराजित यात्रा थप लम्बिएको छ । अस्ट्रिया भने अन्तिम १६ बाटै बाहिरिएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?