Logo

आर्सनल एफए कप फुटबलको सेमिफाईनलमा

ई-खेलकुद २०७७ असार १४ , आईतबार ०९:०६ मा प्रकाशित

एजेन्सी । आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा सेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले हराउदै आर्सनलले अनितम चारको यात्रा तय गरेको हो ।
सेफिल्डको मैदानमा आर्सनललाई जित दिलाउन निकोलस पेपे र ड्यानियल सेबालसले गोल गरे । डाभिड म्याकगोल्ड्रिकले सेफिल्डका लागि सान्त्वना गोल फर्काए ।
५९ प्रतिशत बल पोजिशनको खेलमा आर्सनलले खेलको २५ औं मिनेटमा निकोलसको गोलमा अग्रता बनाएको थियो । उनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ८७ औं मिनेटमा डाभिडले गोल गर्दै सेफिल्डलाई बराबरीमा पुर्याए ।
खेलको इन्जुरी समयमा ड्यानियलले गोल गर्दै आर्सनललाई जित दिलाएका हुन् । खेलमा बल पोजिशनमा पकड जमाउन नसकेपनि सेफिल्डले आर्सनलको पोष्टमा केहि राम्रा अवसर सृजना गरेको थियो । तर सफल हुन सकेनन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?