Logo

आज थप २८ खेलाडी तथा अफिसियलको स्बाव संकलन हुदै

ई-खेलकुद २०७७ साउन २७ , मंगलबार ०९:०८ मा प्रकाशित

काठमाण्डौ । बन्द प्रशिक्षणको तयारीमा रहेका राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा अफिसियलको स्बाव संकलन गर्ने क्रम आज पनि जारी रहने भएको छ । पहिलो दिन हिजो ११ खेलाडी सहित २५ जनाको स्बाव संकलन गरिएको थियो । आज थप २८ जनाको परिक्षण गरिने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फा प्रबक्ता किरण राईका अनुसार आवश्यक्ता अनुसार अन्य व्यक्तिहरुको पनि परिक्षण हुनेछ । सबै खेलाडी तथा अफिसियलको परिक्षण पाटन अस्पातालमा गरिएको छ । स्बाव संकलन गरिएको ४८ घण्टामा मात्र रिर्पोट सार्बजनिक हुने अस्पातालले जनाएको छ ।
भदौ १ गतेबाट बन्द प्रशिक्षण सुरु गर्ने तयारी थालेसंगै एन्फाले खेलाडी तथा अफिसियलको कोरोना परिक्षण सुरु गरेको हो । उनीहरुलाई ललितपुरको सातदोबाटोस्थित एन्फाको होस्टलमा स्वास्थ्य साबधानी अपनाएर राखिएको छ । टोलीको बन्द प्रशिक्षण पनि कम्प्लेक्समै गराउने एन्फाको तयारी छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?