Logo

अर्जेन्टिना बराबरीमा रोकियो,पाराग्वेको सहज जित

ई-खेलकुद २०७८ असार १ , मंगलबार ०८:०६ मा प्रकाशित

एजेन्सी । कोपा अमेरिका फुटबलको उपाधि दाबेदार मानिएको अर्जेन्टिना पहिलो खेलमा बराबरीमा रोकिएको छ । अर्जेन्टिना बलियो टोली चिलीसंग एक एक गोलको बराबरीमा रोकिएको हो ।
ब्राजिलको रियो दि जेनेरियोस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले अग्रता जोगाउन नसक्दा चिलीसँग अङ्क बाँडेको हो । कप्तान लियोनल मेस्सीले ३३ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ५७ औँ मिनेटमा इडुआर्डो भर्गसले गोल गर्दै चिलीलाई खेलमा फर्काए । भर्गसको गोल हुनुभन्दा अघि चिलीले पेनाल्टीको मौका पाएको थियो, जसमा अर्टुरो भिडाल असफल बने । यो समुहमा उरुग्वे, पराग्वे, पेरु र बोलिभिया पनि छन् ।
पाराग्वेले भने प्रतियोगीतामा शानदार सुरुवात गरेको छ । आज बिहान भएको खेलमा पाराग्वेले १० खेलाडीमा सिमित बोलिभियालाई ३–१ गोल अन्तरले हराएको हो । सुरुवाती १० औं मिनेटमा पेनाल्टीमा पछि परेपनि पाराग्वेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।
पहिलो हाफको अन्तिम समयमा जेम कुएलारो रातो कार्ड खादै मैदान बाहिरिएपछि बोलिभिया १० खेलाडीमा सिमित बनेको थियो । दोस्रो हाफमा एन्जेल रोमेरोले २ तथा एलेजान्द्रो रोमेरोले एक गोल गर्दै टोलीलाई जित दिलाए । यो जितसंगै पाराग्वेले शीर्ष स्थान कब्जा गरेको छ ।

 


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?