Logo

प्रधानमन्त्री कप : उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

ई-खेलकुद २०७७ माघ १७ , शनिबार ०६:०१ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीताको उपाधिका लागि आज दई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल एपीएफ प्रतिस्पर्धा गर्दैछन् । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा बिहान ९ बजे यी दुई टोलीबिचको फाईनल खेल सुरु हुनेछ । एपीएफ शरद भेषावकर र आर्मी बिनोद भण्डारीको कमानीमा मैदान उत्रनेछन् । समुह चरणमा आर्मीलाई ६ रनले हराएको एपीएफ सोहि लय कायम राख्दै उपाधि आफ्नो पक्षमा पार्न चाहान्छ । आर्मीलाई भने सो हारको समेत बदला लिने अवसर मिलेको छ ।
दोस्रो उपाधिको खोजीमा रहेका दुबै टोली एकअर्कालाई हराउदै उपाधि आफ्नो पक्षमा पार्ने योजनामा छन् ।
सन् २०१७ मा पुलिससंग उपाधि साझेदारी गरेको आर्मी पहिलो पटक एकल उपाधि जित्ने लक्ष्यमा छ । दोस्रो संस्करणमा आर्मीलाई नै हराउदै एपीएफले उपाधि हात पारेको थियो । सेमिफाईनलमा साविक विजेता नेपाल पुलिसलाई हराएको एपीएफ उच्च मनोबलमा छ ।
उपाधि दाबेदार मानिएको बाग्मती प्रदेशको चुनौती पन्छाएको आर्मी पनि आफ्नो लय कायमै राख्दै उपाधि जित्ने योजनामा छ ।
३ विभागीय र ७ प्रदेशका टोलीको सहभागीता रहेको प्रतियोगीताको उपाधि विजेताले १० लाख तथा उपविजेता टोलीले ५ लाख रुपैया प्राप्त गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?